बिहीबार, जेठ १८, २०८०

गोली हानी शिक्षकको हत्या

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते १०:३२

ताप्लेजुङ। ताप्लेजुङमा एक शिक्षकको गोली हानेर हत्या भएको छ । मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो ।

विद्यालयबाट घर आएको थाहा पाएपछि काकाका छोरा २९ वर्षीय प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी निमित्त प्रमुख एवं प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया