बुधबार, मंसिर १३, २०८०

कोरोना बढ्दै गएपछि आजबाट पशुपतिमा सर्वसाधरण दर्शालुभक्तजनहरुलाई रोक

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते ९:४५

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि आजदेखि पशुपतिनाथको दर्शनमा रोक लगाएको छ ।

एक सूचना जारी गर्दै कोषले कोरोना भाइरस थप फैलिन नदिन अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको जनाएको हो ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको छ ।,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ ।

सरकारले सङ्क्रामक रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

तपाइँको प्रतिक्रिया