पछिल्लो २४ घण्टामा २४,२८ जनामा कोरोना पुष्टि
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते १७:३०
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर भारत सहित नेपालमा पनि तिब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य एवम् जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौ उपत्यकाभित्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौमा ९८७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै मुलकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२,६९० रहेको सरकारले जनाएको छ।
अहिले देशभरि कोभिड भएका १७० बिरामी आईसीयूमा रहेका र तीमध्ये ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीवार थप ५ जनाको कोभिडका कारण मृत्यु भएको विवरण प्राप्त भएको छ।
अहिलेसम्म नेपालमा कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या ३,१२२ पुगेको छ।