मंगलबार, जेठ १६, २०८०

नेपाल पक्षका सांसदले बुझाए एमालेले सोधेको स्पष्टिकरण

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते १५:००

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन्।

उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको उल्लेख गरेका छन्। साथै उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि दाबी गरेका छन्। नेता सुरेन्द्र पाण्डले बुझाएको स्पष्टकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन् ।

प्रदेशका चार संसादले पनि जवाफ बुझाउँदै छन् ।दुई दिनअघि ६ वैशाखमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका थिए।

तपाइँको प्रतिक्रिया