ओली र नेपाल सम्वादका लागि मेरियट होटल पुगे
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते १४:३६
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले फुटको संघारमा पुगेपछि त्यसको समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वादको थालनी गरेका छन् ।
संस्थापन पक्षसँग चिढिएको नेता माधव कुमार समूहले समानान्तर कमिटी सहित अघि बढेपछि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटबाट जोगाउन नेता नेपालसँग सम्वाद थालिन गरेका हुन्।
बुधबार प्रधानमन्त्री ओेली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै सम्वाद भएको थियो । आज पनि सम्बादका लागि ओली नेपाल मेरिएट होटल पुगेका छन् । हिजो भएको वान टू वान वार्ता निर्णयक नभएपछि आजको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।