बिहीबार, जेठ १८, २०८०

भारतमा एकै दिन २१०४ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते ११:३८

काठमाडौ। कोरोनाभाइरस महामारीका कारण अवस्था दिन प्रतिदिन झन् विकराल हुँदै गइरहेको देखिन्छ। भारतमा बिहीबार, कोभिड १९ संक्रमणका तीन लाख भन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जुन अहिले सम्मको सबैभन्दा ठूलो संख्या हो।

यो लगातार पाँचौं दिन हो, जब देशभरि ढाइ लाख भन्दा बढी कोभिड १९नयाँ संक्रमितहरु थपिदै गइरहेका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार गत २४ घण्टाको अवधिमा भारतमा ३,१४,८३५ नयाँ संक्रमितहरु थपिएका छन् । जसमा मुलुकमा संक्रमितहरूको सख्या एक करोड ५९ लाख भन्दा बढी पुगेको छ।

त्यस्तै सोही अवधिमा, देशभर २,१०४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो पनि एकै दिनमा रेकर्ड गरिएको कोरोना भाइरसको सबैभन्दा ठूलो संख्या हो। यससँगै, भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको कुल संख्या बढेर १,८४,६५७ पुगेको छ।

 

तपाइँको प्रतिक्रिया