मंगलबार, असोज ११, २०७९

नेपालगञ्जमा एका बिहानै थपिए २०४ जना कोरोना संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते ११:०१

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस पछिल्लो समय तिब्र गतिका साथ फैलिरहेको छ । कोरोनाको दोस्रो लहर निकै तिब्र गतिका साथ फैलिएपछि स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।नेपालगञ्जमा विहिबार बिहान १० बजे सम्म २ सय ४ जना कोरोना भाइर संक्रमित थपिएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जका अनुसरा ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा बन्द छन् ।

भारतबाट आउने नेपालीलाई नाकाबाट नगरबसले बसपार्कमा ल्याउने र त्यहाँबाट सम्बन्धित गन्तब्यतिर पठाउने व्यवस्था गरिएको छ । त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीय महिलाको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया