मंगलबार, जेठ १६, २०८०

अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरी सम्झाई-बुझाई गर्दैछु- ओली

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ९ गते १०:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार माधव कुमार नेपालसँग भएको भेटवार्ताबारे मुख खोलेका छन् । विहिबार विहान नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदनगर बल्खुमा पार्टी मुख्यालयको शिलान्यास गर्दै पार्टीलाई क्षति नहोस् भनि माधव नेपाललाई सम्झाई बुझाई गरेको प्रतिकृया दिएका हुन् ।

तर समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिए । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।

तपाइँको प्रतिक्रिया