आइतबार, असोज १६, २०७९

एमालेको स्पष्टिकरण विरुद्ध नेपाल पक्ष सर्वाेच्चमा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते १४:१३

काठमाडौं । एमाले संस्थापन पक्षको स्पष्टिकरण विरुद्ध वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष न्यायको माग गर्दै सर्वाेच्च अदालत पुगेको छ ।नेकपा एमालले पार्टीको अनुशासन विपरित कदम चालेको भन्दै माधव नेपाल समूहका २७ जना संघीय संसद र ५ जना प्रदेश सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो ।

पार्टीको अनुशासन र हित विपरित काम गरेको भन्दै ओलीले मंगलवार संसदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेका थिए। अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रको विरुद्धमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ। नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराईलगायत सर्वोच्च पुगेका हुन्।

तपाइँको प्रतिक्रिया