मंगलबार, असोज ११, २०७९

पर्यटन नै देशको एक औजार हो- पर्यटनव्यवसायी पाँडेकाजी

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते १२:५२

नेपाल बहुजाती, बहुभाषी एवम् बहुसंस्कृति बोकेको मुलुकको हो । यहाँ जातजाती मात्र हैन, धर्म, संस्कार संस्कृतिले पनि यहाँको विविधता झल्काउने गर्छ । यहि बिबिधता नै नेपालको एक सुन्दर पक्ष र पर्यटन विकासको एक महत्वपूर्ण आधार हो । अनेकतामा एकता खोज्ने, भातृत्व, सहअस्तिवकै कारण मुलुक दिगो शान्ति र विकासको लक्षमा पुग्ने मार्ग हो । यहाँको पर्यावरण, पर्यटकीय स्थल, धार्मिक एवम् सांस्कृतिक रहनसहनले विदेशीहरुको मन लोभ्याउने गर्छ । तराई, पहाड र हिमालको आआफ्नै विविधता रहेको छ । जसका कारण वर्षेनी हजारौं पर्यटकहरु नेपाल घुम्न आउने गर्छन् । नेपालमा पर्यटन व्यवसायमा लगानी गर्न सके मात्रै यहाँको आर्थिक विकास हुनेमा विज्ञहरु बताउँछन् । सोहि सन्दर्भमा एक जना पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीसँग फ्ल्यास न्यूजले गरेको कुराकानीको सम्पादीत अंश

तपाईको विचारमा नेपालको विकासमा पर्यटन व्यवसायले कस्तो भूमिका खेलेको छ ?
म कुनै प्रोफेसर पनि हैन, कुनै अर्थविज्ञ पनि हैन । एक साधरण नेपाली भएको हिसावमा भन्नु पर्दा नेपालको विकास गर्ने हो भने पर्यटन सिवाय अरु कसैले केही गर्न सक्दैन भन्ने लाग्छ । यो मेरो नितान्त नीजि विचार हो । कहिलेकाहीं प्रोफेसरहरु, अर्थशास्त्रीहरुको कुरा सुन्ने हो भने, चाइनामा यस्तो भयो, अमेरिकामा यस्तो भयो भनेर विकासका उदाहरण दिएर गफ गरेको सुनिन्छ । तर हामी कुन ठाउँमा उभिएका छौं ? हामीले के गर्न सक्छौं ? हाम्रो सीप के हो ? हाम्रो अनुभव र सपना के हो भन्ने कुरा मिल्दैन । मैले पर्यटन नै देशको एक औजार हो भनेर हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष इन्द्र दहमा बोलेको थिए ।

किन भने हाम्रो देशमा आम जनसमुदाय अझै पनि अशिक्षित छन् । पढाई लेखाई गर्न पाएनन् । पहिले पहिलेका सरकार र शासकहरुले आफ्ना सन्तानहरुलाई दार्जिलिग लगायतका क्षेत्रमा पढाए । जनताका छोराछोरीहरुलाई भने, विश्व निकेतन, दरबार हाइस्कुल ठेल्दीए । यहाँको शिक्षाले खरिदार, सुव्वा हुनका लागि मात्रै तालिम दियो । तर यर्थाथ शिक्षा पाउनुका लागि त अन्तराष्र्टिय शिक्षा चाहियाे। त्यसका लागि अंग्रेजी, गणित विज्ञान सबैमा पोख्त हुनुपर्छ । जब अन्तराष्टिय भाषा सिकेर आफ्नो देशका पर्यटन र पर्वद्धनका कुरालाई विदेशीहरु समक्ष प्रचार प्रसार गरि अघि बढाउन सकिन्छ । गाउँ, समाज र क्षेत्रको विकासका लागि त्यस ठाउँका पर्यटकी क्षेत्रहरुलाई चलाएमान बनाउनु पर्छ । सरकारले पैसा लगानी गरेर मात्र विकास सम्भव हुँदैन । पूर्व मेची देखि पश्चिम महाकाली र दुरदराजका वस्तीमा रहेका सोझा, साझा निमुखा जनताले जे सीप सिकेका छन् त्यसलाई पनि चलाएमान गरि आर्थिक सुमन्नती सहित अघाडी बढाउन सकिन्छ । पर्यटन हाम्रो नम्बर वान औजारको रुपमा लगेर अगाडि बढ्न सके मात्र हाम्रो देशको विकास हुन सक्छ ।

तपाई पर्यटन क्षेत्रमा लाग्दा नेपालमा थोरै मान्छे मात्रै यो व्यवसायमा लागेका थिए । तपाई चाहिँ यो क्षेत्रमा कसरी लाग्नु भयो ?
म एउटा ड्रिम म्यान हो । अहिले अमेरिकामा त्यो कुरा आउँदा निकै खुसी लाग्यो । जो मान्छे ड्रिमर छ उसलाई मात्र अमेरिकाले भिजा दिने नीति ल्यायो । त्यस कारण म त्यस्ता क्षेत्रको सपना देख्थे, आहा म पनि त्यहाँ जान पाए , पुग्न पाए भनेर सोच्थे । पर्यटन क्षेत्रबाट मलाई धेरै सहयोग भयो । म अन्नपूर्ण, सगरमाथा कहाँ मात्र पुगिन । नेपालका सबै जसो हिमालमा गए । मलाई त्यहाँबाट निकै ज्ञान प्राप्त भयो । मैले आफ्नै किसिमका पर्यटन साम्रगीको उत्पादन गर्दै अन्तराष्टिय बजारमा बिक्री गर्न थाले । आफ्नो व्यवसायलाई निरन्तरता दिएर आफ्नो व्यवसायलाई अघि बढाए । त्यस बाहेक अन्य कुरा राष्टिय किसिमको उत्पादन गरे । मैले राष्टबाट सहयोग लिएर उत्पादन गरेको हैन । राष्टबाट मैले पाएको सहयोग भनेको कुनै फन्ट नभई मोरल रुपमा अघि बढे । जसका कारण म सफल पनि भएको छु ।

तपाईको परिकल्पनामा सुरु भएका कुनै त्यस्ता पर्यटन सँग सम्बन्धीत कार्यक्रम छन् जो सफल भए ?

छन् नि । जस्तो माओवादी द्धन्द्ध कालमा नेपालमा पर्यटन व्यवसाय निकै खुस्केको थियो । अनि मैले स्पोर्टको टुरिजम मिसाएर मैले म्याराथुन पर्यटन सुरु गरे । मैले सुरु गर्दा सबै भन्दा पहिले एभरेष्टको ५० औं स्वर्ण जयन्तीमा टेस्टिग गरेका थियौं । त्यति बेला तेन्जिग नोर्गे शेर्पाको छोरी पट्टीको नाती नाम्चे बजार आउनु भएको थियो । उहाँलाई हामीले प्रमुख अथिती बनाएका थियौं । कार्यक्रम पश्चात उहाँले विक्रम दाईले जहिले पनि फरक तरिकाले काम गर्नु हुन्छ । यो म्यारुथुनलाई निरन्तरता दिएर यी दुई महामानव तेन्जिङ र हेलारीको नाममा एउटा श्रद्धाञ्जलीको नाममा अगाडि बढाईदिनु भयो भने हाम्रो पनि ठूलो श्रद्धाञ्जली हुने छ भन्ने प्रतिक्रिया दिनु भयो । उहाँहरुले यो विश्वमा मानव सम्प्रदायको लागि किर्तिमानी कायम गर्नु भयो । त्यसैले ती दुईवटैको नाम म जोड्न सल्लाह र आग्रह गरेका थिए । अनि हामीले तेन्जिङ हिलारी म्यारुथुन भनेर सुरु गरेका थियौं । अहिले यो विश्वव्यापी रुपमै म्यारुथुन टुरिजमको रुपमा विकास भइरहेको छ । म्यारुथुन भनेर तपाई त्यसलाई खेलकुदसँग नजोड्नुहोस् । युरोपमा म्याराथुन टुरिजम भन्ने छुट्टै किसिमको हुने गर्छ । यो हाल आइकोनिक भएको छ । हाम्रै नेपालीले दुई दुई पटक बेलायतमा म्याराथुन जित्न सफल हुनु भएको छ

के यस्तै स्पोर्टहरु नेपालको अन्य ठाउँमा पनि सम्भव छ त ?

सगरमाथा मात्र हैन, नेपालका थुप्रै ठाउँमा यस्ता स्पोर्टहरु गर्न सकिन्छ । लुम्बीनीकै कुरा गरौं । त्यहाँ पनि पर्यटकहरु आइरहनु हुन्छ । लुम्बीनीमा विश्वकै पहिलो spiritual sports भनेर सुरु गरे । मैले ग्रिसमा एथेलेटीक स्पोर्टको जन्म भए पनि मैले लुम्बिनीमा spiritual sports सुरु गरे । भगवान गौतम बुद्धको जन्मथलोमा अर्काे जन्म थपिएको छ । Birth of the spiritual sports in the whole World भनेर कायम गर्न सफल भएका छौं । चाइना र मुस्लिम देशहरुमा पनि थुप्रै बौद्धधर्मावलम्बी छन् । तर उनीहरु हाल खुलेर आइरहेका छैनन् । अब विस्तार विस्तार उनीहरु लुम्बिनी आउँछन् र नेपालको पर्यटन विकास हुन्छ भनेर चिनियाँ राष्ट्रपतिले आफ्नो् सम्बोधनमै भन्नु भएको छ । हामीले आफ्नो ठाउँबाट प्रचार प्रसार गरिहरेका छौं ।

तपाईको विचारमा तत्कालिन सरकारले पर्यटन क्षेत्रको विकासका लागि के गर्नु पर्छ ?
जब माओवादी सरकारमा आयो तब माओवादी सरकारले बोलेको एउटा कुरा हामी यत्रो संघर्ष गरेर सरकारमा आयौं । तर चाबी त अर्कैको हातमा रहेछ भनेर बोलेका थिए । हामीले सरकारलाई मात्र गरेन भन्छौ । तर सरकारलाई पनि अन्य ठाउँबाट दवाव हुँदो रहेछ । हामी जुन परिकल्पनामा जनप्रनिधि चुन्न खोज्छौं । तर यस्तो प्रतिनिधि ल्याउ भनेर उनीहरुले दबाब दिए जस्तै हो । तर हाल साल पीसिआर नेगेटिभ भएर आएको व्यक्तिले नेपालमा पनि पीसिआर चेक गर्न प्राबधान ल्याएको छ। सरकारले गर्न सक्ने पनि त्यति नै हो ।

तपाई लुम्बीनी र गौतम बुद्धको प्रचार प्रसार गर्दै हिड्नु भएको छ ? तर भारतले त बुद्ध आफ्नो भूमीमा जन्मेको भनि दाबी गरेको छ । यसलाई कसरी लिनु भएको छ ?

दुई अढाई वर्ष अगाडी नरेन्द्र मोदी अमेरिका जानु भएको थियो । उहाँको भ्रमण म पनि साँझ टीभीमा हेरिरहेको थिए । बेलुका जिटिभीबाट नेपालमा त सिद्धार्थ जन्मेको हो । भारतमा त बुद्ध जन्मेको हो भनेर बोल्नु भयो । यो त अच्चम भयो । मलाई त्यहाँ सद्भावना राजदूत भनेर पठाइएको थियो । नेपालका लागि उनले दिएको प्रतिक्रियाले निकै तनाव सिर्जना गर्यो । मैले त्यसपछि थप अध्ययन गर्न थाल े। तत्कालै मुख छोडेर बोल्न पनि नमिल्ने । ठूलो देशका अगाडी । मैले आफ्नो अध्ययनका सिलसिलामा के भेटाए भने असारको महिना पूर्णीमाको मध्यराती सिद्धार्थ गौतम घोडा चढेर ज्ञानको खोजीमा निश्कनु भएको रहेछ । पूर्वी बाटो भएर उहाँ लुम्बीनी हुँदै चितवनको रामघाट नारायणी हुँदै बाल्मीक स्थल पुग्नु भएको थियो । भारतको पटनाको शहरमा पुग्नु भएको थियो । उहाँ त्यहाँ हुँदै गया, लानन्दा गएर अध्ययन र तपस्या गर्नु भयो । उहाँले भारतको विभिन्न क्षेत्रमा गएर तपस्या गर्नु भएको थियो । एउटै मान्छे सिद्धार्थ गौतम र गौतम भएको कुरामा मैले २०६७ साल असार पूर्णीमा २६१३ साल सम्म पुरिएर रहेको इतिहासलाई उघार्ने काम गरे । २६१४औं वार्षीक उत्सोवको रुपमा भगवान गौतम बुद्धले कन्थक घोडा चढेर गएको स्थानलाई उजागर गरेर ल्याएर मैले संसार भर चिनाउने काम गरे ।

भारतीय प्रधानमन्त्री मोदीको भनाई गलत हो भनेर प्रमाणित गर्ने त्यस्तो के प्रमाण भेट्नु भयो त तपाईले ?

तपाईले कहिँ कतै बुद्ध भगवानको ढोकाबाट चिहाइरहेको उहाँको छोरा राहुल छेउमै सुतिरहेको फोटो देख्नु भएको होला । त्यसलाई मैले बिउताएको हो । संसारमा बौद्ध मार्गीहरुले त बुझ्छन् नि उहि सिद्धार्त गौतम बुद्ध नै बुद्ध हो भनेर । नरेन्द्र मोदीको कुरा काट्न नपरे पनि भगवान बुद्ध कहाँबाट कुन घोडा चढेर ज्ञानको खोजीमा निश्केका हुन भन्ने कुरा त सबैले बुझिहाल्छन् नि । यसले नै दुई देशको आर्थिक विकास हुनेमा पनि विश्वास गर्न सकिन्छ ।

तपाईको अवधारणका सबै उत्पादन त सफल भइसके र कुनै सफल हुने क्रममा छन् । अव नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ अवधारणा चाहिँ के लिएर आउँदै हुनुहुन्छ ?

म २००९ सालमा क्षेत्रपाटीमा जन्मेको व्यक्ति हुँ । म त्यहि क्षेत्रपाटीको छेउछाउको स्कुलमा पढेको । हामी हनुमान ढोका, स्वयम्वु सोभा भगवती गएर खेल्थ्यौ । अनि मलाई पछि आएर थाहा भयाे। नेवा सभ्यताको जन्मभूमी नै स्वयम्भू रहेछ । त्यति बेला अस्पताल थिएन । १० जना बच्चा जन्मेपनि झाडापखाला, महामारीका कारण मरेर ५ जना बच्चा बाँच्थे । मलाई मेरो माताले हारती माताको सँग नमोरोस भनेर मीत लगाएको थियो । मैले एसएलसी पास भएपछि हारती माताको पूजा गर्न छोडे । जव ५० वर्ष उमेर कट्यो फेरी मलाई धार्मिक आस्था बढ्यो । र मैले जनजागृत ल्याउन स्वयम्भू हुदै हारती माताको मन्दिर अगाडीबाट पूजा गरेर प्रसादल खुवाउँदै न्चभबत द्यगममजष्कत त्चबष् िसुरु गरेका छौं । मान्छेलाई भाषणले हैन कामले जागृत गर्नका लागि उक्त अभियान चलाएका छौं ।

काठमाडौं भ्याली र यहाँको नेवा समूदायलाई लक्षित कार्यक्रमहरु पनि लिएर आउँदै हुनुहुन्छ भन्ने सुनियो ? कस्तो कार्यक्रम छ तपाईसँग ?
अब मैले नेवा टुरिजमलाई नै ठूलो एगकज गर्छु । यहाँको संस्कृति निकै राम्रो छ । म चाइनामा २० औं पटक गइसके । पुरानो ठाउँमा चाइना सरकारले कोट्याएर हेर्दा त्यहाँ रन्जना लिपी राख्ने गरेको छ । अरनिकोले रन्जना लिपी पहीलेनै प्रसिद्ध गराइ सकेका रहेछन् । र मैले नेवार समूदायको हितका लागि एउटा ठूलो कार्यक्रम ल्याउन खोजिरहेको छु । काठमाडौंमा ३ वटा नेवार छन् । उनीहरुलाई जोडेर नेवा सर्किट बनाउने, Birth of the spiritual sports in the whole World बनाउने योजनामा छु । जसका कारण नेपालको ठूलो पर्यटन उत्पादक बन्न सक्छ । एक दिन यसले नेपालको ठूलो भाग र छरिएर रहेका नेवा समुदाय लाई एकिकृत गर्दै यसले मुलुकमा ठूलो समृद्धि ल्याउने अपेक्षा लिएको छु ।

भिडियाे अन्तर्वाता पनि हेर्नुहाेस्

 

तपाइँको प्रतिक्रिया