शुक्रबार, जेठ २६, २०८०

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते १२:११

काठमाडौं। वीरगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार बिहान वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाहीका संक्रमित पुरुषको उपचारका क्रममा भएको हो।

मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका- २ का ४२ वर्षीय संक्रमित पुरुषको भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

दासका अनुसार निमोनियाबाट ग्रसीत ती पुरुष उपचारका लागि मङगलबार नारायणी अस्पतालमा भर्ना भएका थिए। कोरोनाको आशंका भएपछि मङगलवार नै एन्टिजेन प्रविधिबाट कोरोनाको परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ७ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाइँको प्रतिक्रिया