बिहीबार, असोज २०, २०७९

नेपालमा सुनको मुल्य आकाशियो, एकै दिन तोलामा १३ सय रुपैयाँमा वृद्धि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते ११:४७

काठमाडौं । नेपालमा सुनको मुल्य आकाशिएको छ। आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मुल्य १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइँको प्रतिक्रिया