बुधबार, असोज १७, २०८०

भारतमा एकै दिन २ हजार भन्दा बढि कोरोना संक्रमितको मृत्यु,तीन लाख नयाँ संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते ११:३९

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि नयाँ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बुधवार भारतमा कोरोना भाइरस संक्रमणले यस अघिका सबै रेकर्डहरू तोडेको हो । आज बिहान जारी गरिएको तथ्याकका अनुसार भारतमा पहिलो पटक तीन लाख संक्रमणका घटनाहरू सार्वजनिक गरिएको हो ।, जबकि देशभरि एक दिनमा हुने मृत्युको रेकर्ड पनि तोडिएको छ।

दोस्रो चरणको प्रकोप यति धेरै छ कि अप्रिलमा मात्र ३४ लाख नयाँ घटना रिपोर्ट गरिएको छ। यसको मतलव यो छ कि सरकारी तथ्याकका अनुसार २१ दिनमा घद्ध लाख मानिसहरु कोरोना संक्रमित भएका छन्। तथ्यांकलाई हेर्ने भने, अप्रिलमा हालसम्म ३४,६६७९५ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ। एकै साथ, यी २१ दिनमा कुल २०,०८५ जनाले ज्यान गुमाएका छन् ।

नयाँ केससँगै, भारतमा कोरोना सक्रमितको कूल संख्या १ १५, १५१६,१३० रहेको छ। मृत्यु हुनेको कुल संख्या १ १८२,५३३ पुगेको छ।

तपाइँको प्रतिक्रिया