मंगलबार, मंसिर २०, २०७९

माओवादी केन्द्रको बैठक आज पनि बस्दै,सरकारलाई दिएको समर्थन फिर्ता लिने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ८ गते १०:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्ने भएको छ । मंगलबारबाट शुरु भएको बैठक आज दिउँसो एक बजे बोलाइएको छ ।केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । नयाँ सत्ता गठबन्धनको कसरतमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।

अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक गर्ने भन्दै माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनबारे नेपाली कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्दै आइरहेको छ । तर आजको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय समेत गरिने माओवादीका नेताहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया