बुधबार, चैत ८, २०७९

कोरोनाबिरुद्धको दोस्रो डोजको खोप आजबाट

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ७ गते ११:००

काठमाडौं । कोरोनाबिरुद्ध पहिलो डोज खोप लगाएकाहरुलाई आजबाट दोस्रो डोजको खोप दिईने भएको छ ।

प्राथमिकताको पहिलो र दोस्रो समुहमा परेर पहिलो डोज लगाएकाहरुलाई बिहान १० बजेबाट दोस्रो डोजको खोप लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजबाट सुरु भएको कार्यक्रम बैसाख ११ गतेसम्म चल्ने छ । माघ १४ देखी फागुन १० गतेसम्म पहिलो डोज लिएकाहरुले दोस्रो डोजको खोप प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

पहिलो र दोस्रो प्राथमिकताको सूचीमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी रहेका छन् ।

माघ १४, १५, १६, १७ तथा माघ २६, २७, २८ र २९ गते पहिलो डोज लिएकाहरुलाई पहिलो दिन आज अर्को मात्राको खोप दिईनेछ ।

पहिलो चरणमा कोरोनाबिरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

तपाइँको प्रतिक्रिया