बुधबार, मंसिर १३, २०८०

लुम्बीनी प्रदेशका चार जना नवनियुक्त मन्त्रीले लिए शपथ

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १६:५४

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले नयाँ जसपाका सांसद सहित मन्त्रीपरिषद गठन गरेका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनीहरु जसपाका सांसद हुन् ।

सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही समयमै लुम्बीनी प्रदेश सरकारले मन्त्रीपरिषद पूर्नगठन गरेको थियो ।

तपाइँको प्रतिक्रिया