माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने काम गरे-ओली
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १६:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल अराजक र अत्यन्त घातक भएको प्रतिक्रिया दिएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।
कर्णाली प्रदेश सरकारमा भएको फ्लो क्रस प्रति इंगित गर्दै ओलीले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’
नेपाल समूहले प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको भन्दै कडा भन्दा कडा कार्बाही गर्ने उद्घोष गरे ।