शनिबार, असोज १५, २०७९

दिल्लीमा एक साता लकडाउन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १५:४१

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लागि लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार रातिदेखि लागू हुने गरी अर्को सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया