शनिबार, असोज १५, २०७९

लुम्बिनी प्रदेशमा माओवादी निकट दुई मन्त्रीले दिए राजीनामा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १५:३३

काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।

तपाइँको प्रतिक्रिया