बिहीबार, मंसिर १४, २०८०

एमसीसी विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १५:१९

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।नेकपा माओवादी केन्द्रलगायतका विभिन्न विभिन्न २२ राजनीतिक संगठनले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् । प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।

तपाइँको प्रतिक्रिया