मंगलबार, जेठ १६, २०८०

शहरी क्षेत्रका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते १०:४५

काठमाडौं । सरकारले शहरी क्षेत्रका शिक्षणसंस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए ।

उनले भने, कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के(के पर्छन् भनेर पछि जानकारी हुनेछ ।ु त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ ।

तपाइँको प्रतिक्रिया