बिहीबार, जेठ १८, २०८०

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ६ गते ९:२९

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न आज स्थायी कमिटी बैठक बोलाइएको नेता मात्रिका यादवले बताएका छन् । प्रधानमन्त्री ओलीले गत साता एक सार्वजनिक कार्यक्रममा माओवादीको समर्थन नचाहिने बताएका थिए ।

अन्यथा परिस्थिति सृजना नहोस् भनेर आफूहरुले समर्थन कायम राखेको, तर प्रधानमन्त्रीले अपव्याख्या गरेकाले आजको बैठकले समर्थन फिर्ताको निर्णय गर्ने माओवादी नेताहरुले बताएका छन् ।

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा केन्द्रीय सरकारसमेत परिवर्तन गर्ने तयारी भइरहेको सार्वजनिक भाषण मार्फत बताउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया