भाउजूको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण
काठमाडौँ । भाउजूको हत्या गरेर एक युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। शनिबार साँझ काठमाडौँ महानगरपलिका–१० स्थित बुलबुले मार्गमा ४८ वर्षीय मोहन राजभण्डारीले भाउजू ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरेका हुन्।
प्रहरीका अनुसार मोहनराजले फलामको गलले हिर्काएर भाउजूको हत्या गरेका हुन्। हत्यापछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गर्न पुगेका थिए।
भाउजूको हत्या गरेर आत्मसमर्पण गर्न आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजू पसलबाट तरकारी लिएर फर्किँदै गर्दा फलामको रडले हिर्काएका थिए । घटना भएलत्तगै रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहीबेरमै चिकित्सकहरुले मृत घोषणा गरे ।
पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त वानेश्वरको हिरासतमा राखिएको छ ।