बुधबार, चैत ८, २०७९

मुलुकको राजनीति अस्थिरताको मुख्य जड ओली- डिला सग्रौला

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ५ गते १३:४५

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले मुलुकको राजनीति अस्थिरताको मुख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन् ।

नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा डा. सग्रौलाले ओलीको सत्ता उन्मादका कारण देशमा अस्थिरमा निम्तिएको आरोप लगाएकी हुन् । संघीय सांसद समेत रहेकी उनले एमसीसीप्रति कांग्रेस सकारात्मक रहेको बताउँदै बिधेयक अगाडि ल्याउने काम सरकारको भएको बताईन् । उनले गण्डकी प्रदेश सरकारको विरुद्धमा अबिश्वासको प्रस्ताव आउने भएपछि रातारात अधिवेशन अन्त्य गर्नु गलत भएको पनि बताईन् ।

मुलुकको राजनीतिक समाधानका लागि ओली सरकारको विघटन गरी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

नेतृ संग्रौलाले रअका प्रमुख सामन्त कुमार गोयलसँग रातारात भएको भेट र राष्ट्रपति विद्यादेवी भण्डारीले बाडेको तक्माबाट चुच्चे नक्सा गायव हुनुले प्रधानमन्त्री ओलीको राष्ट्रवाद उदाङगो भएको टिप्प्णीसमेत गरिन् ।

तपाइँको प्रतिक्रिया