बुधबार, मंसिर १३, २०८०

राम बहादुर थापा गृहमन्त्रीमा पून: नियुक्त

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ५ गते १२:४३

काठमाडौं । पद मुक्त भएका गृहमन्त्री राम बहादुर थापा  गृहमन्त्रीमा  पून : नियुक्त भएका छन् ।राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस् नियुक्त गरेका हुन् ।

थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुनस् गृहमन्त्रीमा शपथ लिने भएका छन् । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको पत्रका आधारमा आजदेखि लागु हुने गरी उनको पद रिक्त भएको जानकारी सहितको सूचना संघीय संसद सचिवालयले जारी गरेको थियो ।

तपाइँको प्रतिक्रिया