बुधबार, चैत ८, २०७९

भोलीदेखी ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ५ गते १२:१७

काठमाडौं । सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ ।

यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ ।

अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा‍। झलक शर्मा गौतमले बताए ।

उहाँले यस वर्ष कोरोना सङ्क्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन पनि सबैलाई आग्रह गरे ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न पनि उनले आग्रह गरे ।

तपाइँको प्रतिक्रिया