सर्वदलिय बैठकबारे बाबुरामको प्रतिक्रिया, चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलिय बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका नेताहरु सहभागी भएनन् । सर्वदलिय बैठकमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको थियो ।
तर उक्त बैठकमा सहभागी नभएका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले भने बैठकमा आफूहरुलाई नबोलाइएको भनि प्रतिक्रिया दिएका छन् । आइतबार बिहान ट्विट गर्दै डा.भट्टराईले भनेका छन्, चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे१मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।
जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ललितपुरमा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो एमसीसी बैठक बहिष्कार पो भएछ भन्दै उल्लेख गरेका छन् ।
हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले संसदमा बिजनेश रोकेको आरोप लगाएका थिए । साथै एमसीसी पारित गर्ने नगर्ने क्षेत्राधिकार संसदको भएको बताउँदै सभामुखले रोकेर रोखेको भन्दै आपत्ती जनाएका थिए ।