बिहीबार, मंसिर १५, २०७९

सभामुखले स्वेच्छाचारी ढंगले एमसीसी रोक्न मिल्दैन, निर्णय सदनले गर्ने हो- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ४ गते १७:५७

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए ।

बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए ।बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपाकै नेताहरू उपस्थित थिएनन्।प्रमुख प्रतिपक्षी दलको तर्फबाट भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत थिए। यसैबीच जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ ।

तपाइँको प्रतिक्रिया