शनिबार, मंसिर २४, २०७९

प्रचण्डले गरे सर्वदलिय बैठक बहिस्कार

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ४ गते ११:१६

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाएका थिए ।

तपाइँको प्रतिक्रिया