मंगलबार, जेठ १६, २०८०

बस र ट्रक ठोकिदा पाँच जनाको मृत्यु,३७ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ४ गते ७:३२

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिदा दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ भने ३७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र नन टेस्ट टिपर ठोकिदा दुर्घटना भएको हो । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया