सोमबार, चैत ६, २०७९

नेपाल ट्रस्टद्वारा काठमाडौं प्लाजामा सिल

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते १५:१५

काठमाडौं। नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । पटक पटक प्लाजालाई खाली गर्न नेपाल ट्रस्टले खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रस्टले शुक्रबार प्लाजा सिल गरेको हो । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ ।

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । उक्त भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया