सोमबार, चैत १३, २०७९

सुनको भाउ तोलामा ७ सय बढ्यो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते १४:२६

काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

साताको अन्तिम दिन आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

आजको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ

तपाइँको प्रतिक्रिया