बुधबार, मंसिर १३, २०८०

ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागिरहेका छन्- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते १३:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको टिप्पणी समेत गरे । उनले प्रचण्डले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने र राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको भन्दै गम्भीर आरोप समेत लगाए ।

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबर आएको भन्दै प्रचण्डले त्यसले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले संघीयता खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने प्रयास भैरहेको पनि बताए। तर त्यसलाई सफल हुन नदिने पनि उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया