विदेशी शक्तिको काखमा सुत्न लाज नमान्नेहरु ओलीको राष्ट्रवाद प्रति षडयन्त्र गर्न लागे- मन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले ओली सरकार विरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रमात्मक समाचार सम्प्रेषण गरेको प्रति आपत्ती जनाउँदै उपप्रधान एवम् रक्षा मन्त्री पोखरलले आपत्ती जनाएका हुन् ।
मन्त्री पोखरलले ट्विट मार्फत भनेका छन्, कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् । यस्ता काम घृणायोग्य र दण्डनीय छन् भन्दै ट्विटमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।
काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ ।