बिहीबार, चैत ९, २०७९

चट्याङ्ग लागेर ओखलढुंगामा २ घरमा आगलागी

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते ११:३२

काठमाडौ । ओखलढुंगाको लिखु गाँउपालीका ८ स्थित मजुवा भञ्जयाङ्गमा गय राती चट्याङ्ग लागेर २ वटा घरमा आगलागी भएको छ । लिखु गाउँपालीका अध्यक्ष गोबिन्द बहादुर पौडेलको घर बाट सुरु भएको आगलागीले संगै रहेको बिशाल कुमार पौडेलको घर समेत जलेको छ ।

राती १ बजे चट्याङ्ग लागेर बिजुलि सट भएर लागेको आगो बिहान ४ बजे सम्म पनी नियन्त्रणमा आउन सकेको थिएन । गाउँपालीकामा दमकल नभएका कारण सिंगो गाउँका मान्छेले स्याउला, पानी, र माटोको साहारामा आगो नियन्त्रणमा लिन ४ घण्टा भन्दा बढी समय लागेको थियो ।

आगलागीबाट खाद्यान्न लत्ता कपडा लगायत सामग्री जलेर लाखौको क्षती भएको छ । भने मानविय क्षती नभएको स्थानीयले बताएका छन ।

तपाइँको प्रतिक्रिया