रेशम चौधरीको रिहाई सहित जसपाका सबै माग पूरा गर्न सरकार सहमत
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाई सहित जसपाका सबै माग पूरा गर्न सरकार सहमत भएको छ ।बिहीबार सरकार र जसपाले गठन गरेको कार्यदलबीच भएको बैठकबाट यस्तो सहमति भ
भएको हो ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने हुर्की दिएसँगै सरकारले आफ्नो सत्ता जगाउनका लागि पछिल्लो समय जसपासँग वार्ता प्रकृया अघि बढाएको थियो । सरकारले मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको लक्ष्मणलाल कर्णले जानकारी दिए ।
गृहमन्त्रालयले सबै जिल्लामा रहेका आफ्ना कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिने उनले बताए । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो ।
नेता कर्णले सरकारलाई समर्थन गर्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन् ।