शुक्रबार, असोज २१, २०७९

एमसीसी पास गर्ने कुरा प्रधानमन्त्रीबाट निर्देश भएको छ, म सभामुखसँग कुरा गर्छु- कानूनमन्त्री श्रेष्ठ

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २ गते १५:०४

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।

बिहिबार संसद् सचिवालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने, एमसीसी अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देश भएको छ, म सभामुखसँग कुरा गर्छु । एमसीसी अगाडि बढाउँछौं ।

सरकारले संसदलाई दिने बिजनेसुको प्रतिनिधिका रूपमा कानून मन्त्रीले काम गर्छन्। पछिल्लो समय सरकारले प्रतिनिधि सभालाई बिजनेस नै नदिएको आरोप लागिरहेका बेला कानून मन्त्री श्रेष्ठले एमसिसी अघि बढाउने बताएका हुन्।

संसद्को कार्यव्यवस्था परामर्श समितिका पदेन सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले संसद्को आगामी बैठकमा एमसीसी प्रक्रियालाई अगाडि बढाउने गरी कार्यसूची बनाउने विषयमा आफूले सभामुखसँग कुरा गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रम र बुधबार नयाँ वर्षका अवसरमा गरेको सम्बोधनमा एमसीसी सम्झौतालाई अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया