९ महिना सम्म पारिश्रमिक नपाएपछि नीजि शिक्षकहरुले लगाए वडा कार्यालयमा ताला
काठमाडौं । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयमा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।
सामूदायिक विद्यालयमा कार्यरत नीजि शिक्षक संघर्ष समितिले विभिन्न माग राख्दै वडा कार्यालयमा अनिश्तकालि रुपमा तालाबन्दी गरेका हुन् ।
नीजि शिक्षकहरुले गत चैत २७ गते विभिन्न माग राखि वडा कार्यालयमा ज्ञापन बुझाएको भए पनि वास्ता नगरेको भन्दै पठनपाठन स्थगित गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको सामूदायिक विद्यालय नीजि शिक्षक स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिएकी छिन् ।
९ महिना देखि पारिश्रमिक नपाएको, गाउँपालिकाले कार्यविधि बनाएर गाउँपालिका स्वयमसेवक शिक्षक बनाएको फेरी त्यसलाई वर्षे अधिवेशनबाट संशोधन गर्दै पारिश्रमिक नदिएर विद्यालय व्यवस्थापनको जिम्मा दिने गैर कार्य गरेको शिक्षिका चन्दले बताएकी छिन् । गाउँपालिका भरिका ६० वटा विद्यालयका १८७ जना नीजि शिक्षकहरु रहेको भए पनि उनीहरुले ९ महिना सम्म पारिश्रमिक नपाउनु र शैक्षिक शत्रको अन्त्यमा आएर विद्यालय व्यवस्थापन समितिलाई सुम्पन्ने कार्य प्रति नीजि शिक्षकहरुको घोर आपत्ती भएकाले तत्काल आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी रहने जनाएका छन् ।
शिक्षकहरुले गाउँपालिकाले आफ्ना मागहरु परिपूर्ती नभएसम्म आन्दोलन जारी राख्ने र त्यससमय सम्म पठनपाठनमा पर्ने असर प्रति दुख व्यक्त गरेका छन् ।