बुधबार, चैत ८, २०७९

टिप्पर दुर्घटनामा परि दुई जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २ गते ९:०६

रसुवा । टिप्पर दुर्घटनामा परि रसुवामा दुई जनाको मृत्यु भएको छ । गए राति रसुवाको कालीका गाउँपालिका २ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका १ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो ।​

दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा ज्यान गएको हो । टिप्परमा कालीका गाउँपालिका(१ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला परेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

तपाइँको प्रतिक्रिया