नयाँ सरकार गठन अपरिहार्य भएकाले सबै पक्षलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
काठमाडौं । नेपापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरेका छन्।
नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिँदै दाहालले अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गर्नु भएको हो । उहाँले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरि उनले नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै सबै पक्षलाई एकताबद्ध हुन आह्वान समेत गरे। शुभकामना सन्देशमा भनिएको छ, ‘अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ। वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ।’
नयाँ वर्षको शुभकामना दिदै दाहालले विभिन्न समुदायमा रहेका नेपाली जनसमुदायबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धिको शुभेच्छासहित प्रगतिको कामना गरेका छन् ।