मंगलबार, जेठ १६, २०८०

निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन पूर्वराजा शाहको आग्रह

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १ गते १२:४३

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन सबैलाई आग्रह गरेका छन । नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्पक्ष र इमान्दार भई साझा बारीलाई सबै मिलेर स्याहार सुसार र सजाउन आग्रह गरेका छन । उनले यसका निम्ति आपसी द्वन्दको अन्त गर्दै समन्वय र सामञ्जस्य गरि अघि बढनु पर्नेमा जोड दिएका छन ।

शुभकामना सन्देशमा शाहले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र पर निर्भरता त्याग्न पनि आग्रह गरेका छन । टाठाबाठाहरु सूखी सम्पन्न र सूविधाभोगी हुँदै गएको र निमूखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधि त्याग्न आग्रह गरेका छन । पूर्वराजा शाहले साझा समस्या समाधानका लागि फुटेर भन्दा पनि शक्ति संरक्षण गरी जुटेर अघि बढनु पर्नेमा जोड दिएका छन ।

पूर्वराजा शाहले मेची महाकाली – देश बचाउने हाम्रो पाली , नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो, न जाती न भाषा– सबै नेपालीको एउटै आशा, पहाडका गाउँगाउँमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फाँटहरुलाई भूलाउं र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं भन्ने सुझाव समेत दिएका छन ।

तपाइँको प्रतिक्रिया