बिहीबार, मंसिर १५, २०७९

आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १ गते ११:०७

काठमाडौँ- अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाड्ने भएका छन् ।रास्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने घोषणा गरेका हुन् ।पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यो समयसीमामा सैनिक फिर्ता कठिन भएको राष्ट्रपति बाइडेनले बताए ।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ।अमेरिकामा आतंकबादी हमलापछिको २० बर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो निर्णय विशेष भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अफगानिस्तानमा करिब ३ हजार अमेरिकी सैनिक रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया