मंगलबार, मंसिर २०, २०७९

भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार छैन : प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १ गते १०:५४

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

तपाइँको प्रतिक्रिया