सोमबार, चैत १३, २०७९

७८ वर्षका वृद्धले गरे १७ वर्षकी युवतीसंग धुमधामसंग विवाह तर २२ दिनमै भयो सम्बन्ध विच्छेद (भिडियो)

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १ गते ०:१२

एजेन्सी । सामाजिक सञ्जालमा एउटा विवाहको दृष्य निकै चर्चित भएको थियो । चर्चा हुनुको कारण थियो १७ वर्षको युवतीको विवाह ७८ वर्षको वृद्धसंग भएको थियो । प्रेमको अगाडी कुनै कुराको पनि ख्याल हुँदैन भन्दै अन्तराष्ट्रिय मिडियामा निकै चर्चा भएको थियो । तर त्यो विवाहको २२ दिन पछि अर्को चर्चा सुरु भयो ।इन्डोनेसियामा, १७ वर्षीया दुलही नोनी नवीतासँग ७८ बर्षे दुलहा आबा सरनाको बिहे धेरै चर्चामा थियो। तर विवाहको एक महिना भित्र, यसको दुष्परिणामहरु पनि प्रकाशमा आए। विवाहको २२ दिन पछि दुलहा आबाले दुलहीलाई सम्बन्धविच्छेद गर्ने निर्णय गरे। सम्बन्ध विच्छेद गर्ने निर्णय वृद्ध दुलहा आफैले लिएका थिए।

उनले सम्बन्धविच्छेदको सूचना पठाए। रिपोर्टका अनुसार वृद्धले छोरीलाई बिहे गरे कि उनी विवाहको समयमा गर्भवती थिइन। यद्यपि नोनीको परिवारले यस तथ्यलाई अस्वीकार गरेका छन् । भर्खर विवाह भएको वेहुलाले किन सम्बन्ध विच्छेदको निर्णयमा पुगे भनेर वेहुलीका आफन्त छक्क परे । वेहुलाले लगाएको आरोपको अहिले सम्म पुष्टि हुन सकेको छैन ।

तपाइँको प्रतिक्रिया