आइतबार, चैत १२, २०७९

रुपन्देहीमा खनाल–नेपाल पक्षको समानान्तर कमिटी घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते १९:०८

काठमाडौ । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ । देशैभर एमालेमा विवाद चुलिदै गएपछि नेपाल पक्षले समानान्तर कमिटि घोषणा गर्दै अघि बढेको छ ।

तपाइँको प्रतिक्रिया