प्रधानमन्त्री ओलीले भोली सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने
फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते १३:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् ।नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।