विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन्- मन्त्री ज्ञवाली
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै अघि बढेको दाबी गरेका छन् । मन्त्री ज्ञवालीले नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको मंगलबार बिहान राजधानीमा उद्घाटन गर्दै मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री ज्ञवाललीले भने, समृद्ध समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुरयाउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएको समृद्ध नेपाल सुखी नेपालीको नारा सहित सरकार अघि बढिरहेको दाबी गरे ।
उनले हरेक वर्ग, पेशा व्यवसायका व्यक्तिलाई इमानदारीपूर्वक आ–आफ्नो क्षेत्रबाट योगदान गर्नआग्रह गर्दै राष्ट्र निर्माणलाई केन्द्रमा राखेर सरकारले हरसम्भव काम गर्न समेत सुझाएका छन् ।