पत्रकार रवि लामिछानेले कालिकोटमा बनाएको अस्पताल आजबाट सञ्चालनमा
फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते १३:२७
काठमाडौं । लोक प्रिय पत्रकार रवी लामिछानेको पहलमा कालिकोटमा रास्कोटमा बनेको अस्पताल आजबाट सञ्चालनमा आएको छ । न्यूज ट्वान्टी फोरको सिधा कुरा जनता मार्फत चर्चामा आएका पत्रकार लामिछानेले पत्रकारिता सँगै दुर्गमको सेवाका लागि कर्णाली प्रदेशको विकट कालिकोट जिल्लामा १५ शैयाको अस्पताल निर्माण गरेका हुन् ।
मं
गलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।
पत्रकार लामिछानेको पहलमा देश तथा विदेशबाट अस्पताल निर्माणका लागि थुप्रै दाताहरुले सहयोग गरेका थिए । पछिल्लो समय लामिछाने सहितको टोलीले फोर के नामक नयाँ टेलिभिजन सुरुवात गरिसकेका छन् ।