आइतबार, चैत १२, २०७९

प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन देशवासीको नाममा सम्बोधन गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते १२:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली नया वर्षको दिनको अवसर पारी देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले गरेका काम कर्तव्य र लिएका नीतिका बारेमा थप प्रष्ट पार्ने जनाइएको छ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने । पछिल्लो समय मुलुकमा बढ्दै गएको राजनीतिक संकट र त्यसको पारेको असर सहित वर्तमान सरकारको रणनीतिका बारेमा उनले सम्बोधनमा प्रष्ट पार्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया