संघर्षबाट सफलताको उत्कर्षमा पुगेका पूर्व आइजीपी खनाल
सफल मान्छेहरु त्यत्तिकै सफल भएका हुँदैनन् । उनीहरुको सफताका पछाडी थुप्रै संघर्षका कथा रहेका हुन्छ । झट्ट हेर्दा व्यक्तिको सफलताको पछाडी केही देखिदैन तर उनीहरुको जीवन संघर्ष र निरन्तरको साधना हेर्ने हो भन्ने निकै मेहनत र मूल्य परेको हुन्छ । भाग्यवादीहरु जीवनको सफलताको पछाडी दैवी शक्ति ठान्छन् भने मेहनत गर्नेहरु आफ्नो परिश्रम र त्यसको उपजको रुपमा चिन्दछन् । त्यस्तै संघर्षबाट उदाएका एक व्यक्ति हुन पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल । सादा जीवन उच्च विचार अनि निरन्तरको साधना र संघर्षकै कारण प्रहरीको उच्च पदस्थ ठाउँमा विराजमान हुने अवसर प्राप्त गरे ।
तनहुँ जिल्लाको उर्वर भूमीमा जन्मिएका उनी सानै देखि तृष्ण वुद्धि र चलाख स्वभावका थिए । अमृत साइन्स क्याम्पमा पश्चात शंकर देवमा अध्ययन गर्दै गर्दा २०४६ सालमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका सर्वेन्द्र प्रहरी सेवामा रहँदा पनि अव्वल रुपमा पहिचान बनाउन सफल भए । खनाल नेपाल प्रहरीको २६ औं महानिरीक्षक बन्न सफ बनें । डिआइजी बढुवाकै क्रममा रमेश खरेल र पुस्कर कार्की क्रमश दोस्रो र तेस्रो नम्बरमा थिए । खनाल छोटो समयमानै काम र seniority आधारमा प्रहरी महानिरीक्षक बन्न सफल भए । आफ्नो ३० वर्षकाल प्रहरी सेवामा विताएका पूर्व प्रहरी महानिरीक्षक खनाल हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् ।
खनालले गरेका सम्झन गोग्य नीतिगत कार्यहरु
खनाल प्रहरीको नेतृत्वमा आइसकेपछि प्रहरीलाई आधुनिकरण गर्न सफल भए । उनले प्रहरी प्रशासनमा पूरातन कार्यशैलीबाट अघि बढेको प्रहरी र जनताहरुबीचको सामुदायिक प्रहरी साझेदारीू कार्यक्रम ल्याउँदै जनता र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउने कार्य गरे । प्रहरीको मस्यौदा निर्माण गर्ने कार्य, प्रहरीमा ७ हजार दरबन्दी थप, अर्थमन्त्रालय र सरकारबीच समन्वय गरि साइबर व्युरोको निर्माण । काठमाडौं महानगरिय प्रहरीको भवन स्थापना, मानव बेचविखन विरुद्धको अभियानका लागि मानव बेचविखन अनुसन्धान व्युरोको निर्माण, एक प्रहरी एक खाट अभियानको थालनी, भिन्न जिल्लामा ४० वटा प्रहरी कार्यालय भवन निर्माण, काठमाडौंका मुख्य सडकमा सात करोड बराबरको सिसिटीभि क्यामरा जडान, पोखरामा ७५६ रोपनी जग्गामा तालिम केन्द्र स्थापना, प्रदेश नम्बर १ र २ मा प्रहरी तालिम केन्द्र निर्माण, चितव, सुर्खेत र दाङमा प्रहरी स्कुल स्थानपना जस्ता कार्य सम्पन्न गरे । साथै निर्देशिका तालिम जस्ता कुराहरु उनले आफ्नो कार्यकालमा अघि बढाएका थिए भने प्रहरी समायोजन, अन्तराष्ट्रिय तालिममा नेपाल उच्च संलग्नता दिलाएका थिए ।
खनालले प्रहरी नेतृत्वमा रहँदै गर्दा १० वर्षे सशस्त्र आन्दोलनमा रहेको माओवादी जनयुद्धलाई शान्ति प्रकृयामा ल्याउन सरकारको सहयोगी भएको देखि तराईमा रहेका दर्जनौं सशस्त्र समूहलाई वार्तामा ल्याउने क्रममा सुरक्षाको भूमिका खेलेका थिए । प्रहरी सेवामा रहँदा खनालले काठमाडौंमा व्याप्त रहेको गुण्डागर्दी लाई तह लगाउने अह्म भूमिका खेलेका थिए ।
खेलकुद विकासका लागि गरेका कार्य
दिनदाहडै लुटपाट गर्ने हप्ता असुल्ने गिरोहका नाइकेलाई इन्काउन्टर गरेर चर्चामा आएका खनालले फूटबलमा भएको म्याच फिक्सिँगको पर्दाफास गरे । दक्षिण एसियाली खेलकुदमा नेपालको तर्फबाट संयोजक रहेका खनाले नेपाल प्रहरीलाई ५६ वटा विभिन्न विधाका मेडल हासिल गराउन सफल भए ।
प्रहरी अप्रेशन मार्फत गरेका कार्य
तराईका जिल्लाहरुमा सशस्त्र आन्दोलनको राज जमाई रहेका राजन मुक्तिलाई पक्राउ, अफ्ता आलम, तत्कालिन सभामुख, मन्त्रीका भाईलाई समेत पक्राउ गरे । ठगि गर्ने उधोगी व्यापारीलाई पक्राउ, तमसुक बनाएर रकम अशुल्ने व्यापारीलाई पक्राउ गर्दै कानूनी कार्बाहीको प्रकृया अघि बढाए । चुरे भावरको आन्दोलनको नेतृत्व गरेका बाबुराम थापालाई समेत पक्राउ गर्दै उनलाई वार्तामा ल्याउने काम गरेका थिए । गुण्डागर्दीलाई तह लगाउने देखि हप्ता असुल्नेहरुलाई तह लगाउँदै जनतान्त्रीक तराई मुक्ति मोर्चाको सशस्त्र आतंकलाई समेत सुरक्षाको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काठमाडौंमा दिदाहडै चन्दा असुल्ने गिरोहका ८ जनाको इन्काउन्टर गरे । उनले नेपाल र भारत सिमामा रहेर आतंक मच्याउने कार्य गरेका भारतीय गुण्डा नाइके र केही व्यक्तीहरुमाथि गोली प्रहार गरी घुडाफुकाल्ने कार्य समेत गरेका थिए ।
उनी आइजी रहँदा नेपाल सरकारको नीतिगत रुपमा रहेर विप्लव आतंक नियन्त्रण होस् वा सिके रावतलाई राजनीतिक रुपमा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उपत्यकाका केहि ठाउँमा नयाँ ट्राफिक बत्ती जडान गर्ने कार्य सम्पन्न गरे । ठमेल र पशुपति क्षेत्रको सडक जामलाई मध्यनजर गर्दै चार पाँग्रे यायायतालाई निषेध गर्न सफल भए । काठमाडौंमा सवारी हर्न निषेध, जस्ता कार्य सम्पन्न गरेर चर्चामा आएका थिए ।
सुशासनको कार्य
लागूऔषध ओसार पसार नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका खनालले १६ वटा पेट्रोल पम्पमा भएको बदमासीमा छापा हान्दै पेटोलियम पदार्थमा हुने ठगीलाई नियन्त्रण गरे । कन्सल्टेन्सी, हुण्डी लगायतका अवैध कारोबारीको जालोलाई हटाउने काम, सानै देखि प्रहरीले न्याय प्रदान गर्न सक्छ भन्ने मानसपटलमा छाप परेका खनाल, प्रहरी सेवामा लाग्नुपर्छ भन्ने मान्यता सहित अघि बढे र प्रहरी महानिरीक्षक बन्न सफल भए । नेपाल विधुत प्राधिकरणमा छापा मारेर प्राधिकरणका १६ जनालाई पक्राउ गरि ठगि धन्दा विरुद्धको कार्बाही पकृया अघि बढाउँदै उनले उज्यालो नेपालको अभियानलाई अघि बढाएका थिए । तत्पश्चात विधुत प्राधिकरणका २२ सय जना कर्मचारीको सरुवा समेत भएको थियो ।
विरामी बोक्ने एम्बुलेन्समा अवैध रुपमा चरेश लगायतका लागूपदार्थ ओसार पसार हुने भएकाले त्यसलाई नियन्त्रण गरे । अपहरणमा परेका बालकलाई अपहरण मुक्त गर्ने कार्य गरे । प्रहरी भित्रको सुशासन कायम गर्नका लागि उनले पैसा लिने र दिने दुबैलाई कार्बाहीको प्रकृया अघि बढाए । वेरोजु फच्र्याेटमा प्रहरी प्रशासनलाई सर्वाेत्कृष्ठ बनाउने कार्य समेत खनालले गरेका थिए ।
सुरक्षाको जिम्मेवारीमा कटिबद्ध भएर आम रुपमा राष्ट्र र राष्ट्रियता सँगै विकास र समृद्धिमा अहोरात्र खटिरहे । शान्ति सुरक्षाकै कारण मात्र मुलुकमा दिगो शान्ति स्थापना गर्न सकिन्छ भन्ने मनसायबाट आफूले सधै देश र जनताको सेवामा समर्पित भइ काम गरेको खनाल बताउँछ । माओवादीको गोकर्ण वार्ता हुँदाको वखतमा खनाल डिएस्पी पदमा कार्यरत थिए । उक्त वार्तालाई शान्तिपूर्ण र सफल बनाउन सरकारले उनलाई तोकेरै सुरक्षाको जिम्मा दिएको थियो । हतियार धारी समुहसँग राष्ट्रिय स्तरको चासोको विषयमा रहेको तत्काललिन वार्ता सार्थक रुपमा सम्पन्न भएको थियो । प्रहरी प्रशानले उत्कृट शान्ति सुरक्षा प्रदान गरेकोमा संस्थागत रुपमै सरकार बाट वाह वाहै पाएका थिए ।
मधेश आन्दोलनका क्रममा पहाडीया, र मधेशवासीबीचको द्धन्द्धको क्रममा अपराधी नियन्त्रण गर्दै सामाजिक सुरक्षा प्रदान गर्नहोस् वा अमनचयन कायम राख्नमा पुलको काम गरें । मधेश आन्दोलन चर्किरहेको अवस्थामा तत्कालिन सरकारका र उपेन्द्र यादवबीच भएको शान्ति वार्तामा समेत खनालले सुरक्षाको जिम्मेवारी समाल्ने अवसर प्राप्त गरेका थिए ।
अन्तराष्ट्रिय क्षेत्रमा खनालले पुर्याएका योगदान
राष्ट्रिय मुद्धाको विषय होस् या अन्तराष्ट्रिय क्षेत्रमा उनले गरेको योगदान अतुलनिय रहेको थियो । राष्ट्रिय अन्तराष्ट्रि रुपमा नेपाल प्रहरीलाई चिनाउने क्रममा उनले संयुक्त राष्ट्रसंघमा रहेर चारचार पटक सुरक्षाको नेतृत्व सम्हालेका थिए । सन १९९३ देखि १९९४ मा फर्मर युगास्लाभियामा UNPROFOR मिसनमा मानवीय सुरक्षाकर्मीको रुपमा रहेर त्यहाँका नागरिकहरुको समेत मन जित्ने काम गरे। २००१ म बोसनिया हर्जगोभिनिया संयुक्त राष्ट्र संघको हेटवार्टर सरायोबोमा रहेर कुन कुन देशबाट अन्तराष्ट्रिय प्रहरी लिने भन्ने छनौट समितिमा बसेर काम गर्ने मौका प्राप्त गरे । साथै उनले त्यहाँ रहँदा ती प्रहरीहरुलाई प्रशिक्षण गराउन र ड्राइभिङ्गको परीक्षा समेत लिएका थिए । २००९ मा हाइटीमा Formed Police Unit (FPU) प्रहरीको कमान्ड समेत समालेका थिए । उनले सेनोटोरियल निर्वाचनमा हाइटीको कमान्ड समाल्दै नेपाल प्रहरीको शिर उचो राख्ने कार्य गरे । त्यसमा पनि नेपालको तर्फबाट बिग्रेको FPU अवस्थामा त्यहाँको सम्बन्ध सुधार्ने काम गरे । २०१० मा ग्लोबल प्रतिस्पर्धाको आधारमा संयुक्त राष्ट्र संघले लिएको परीक्षामा उर्तिण गरेर संयुक्त राष्ट्र संघले अफर गरेर नेपाल सरकारले स्वीकृत गरि त्यहाँको समेत शान्ति सुरक्षा समाल्ने अवसर पाएका थिए । त्यहि नेतृत्व समालिरहँदा २०११ मा सुडानको डार्गाेन मिसनको जिम्मेवारी पाए । देश नै टुक्रिएर दक्षिण सुडान बनेको अवस्थामा भर्जिन देश दक्षिण सुडानमा गएर त्यहाँ UN मिसन स्थापना गर्ने ५ जनाको टिम मध्ये खनाल पनि एक थिए । यो नेपालको लागि समेत गौरवको विषय थियो ।
आफ्नो काम प्रति निकै बफादार र कर्तव्य निष्ठ रहेका खनालले स्वदेश मात्र नभएर विदेशमा समेत नेपाल र नेपालीको शिर उचो बनाउने काम गरे । यो समाजमा जति राम्रा काम गरे पनि व्यक्तिलाई खुइल्याउन लागिरहनेको वास्ता नगरी दिगो शान्ति, विकास र सुरक्षालाई मध्यजनर गर्दै प्रहरी प्रशासन लाई ठुलो योगदान दिए । हाल निवृत्ति जीवन निर्वाह गरिरहेका खनालबाट समाज र राष्ट्रले उचित सम्मान दिदैं उनीबाट सिकेका ज्ञान सिप र क्षमताको प्रयोग गर्न सक्यो भने पक्कै पनि दक्ष जनशक्तिको लागि अन्त भौतारिनु नपर्ने निश्ति देखिन्छ ।